माइ खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ६९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको १२ लाख ६९ हजार ४११ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीलाई इक्रा नेपालले ‘एनपी डबल बी प्लस रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

चितवन २ : रवि लामिछाने साढे ३२ हजार मतान्तरले अगाडि Read Previous

चितवन २ : रवि लामिछाने साढे ३२ हजार मतान्तरले अगाडि

तनहुँ-१ बाट डा. स्वर्णिम वाग्ले विजयी Read Next

तनहुँ-१ बाट डा. स्वर्णिम वाग्ले विजयी