नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । आइतबार १८ अंकले घटेको नेप्से आज २ अंकले बढेको हो ।

सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोडले घटेर ७५ करोडमा सीमित भएको छ ।

सोमबार सेयर बजार मापक सूचक नेप्से २.७१ अंकले बढेर १८८८.३२ बिन्दुमा पुगेको छ । यसदिन २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ को घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.८१ प्रतिशतले घटेको छ ।

आज कालिञ्चोक दर्शनको सर्वाधिक कारोबार भएको छ । यसको पौने ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट झन्डै ३ करोड र नबिल बैंक २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज पिपुल्स पावरका सेयरधनीले सर्वाधिक ८.११ प्रतिशत कमाएका छन् । त्यस्तै, एनआइबील प्रगति फण्ड ७.९२, नबिल इक्वीटी फण्ड, आँखुखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

नेपालमा एडीबीको सवा ४ खर्ब लगानी, उत्पादन क्षेत्रमा लगानी गर्न नेपालकाे आग्रह Read Previous

नेपालमा एडीबीको सवा ४ खर्ब लगानी, उत्पादन क्षेत्रमा लगानी गर्न नेपालकाे आग्रह

अपार्टमेन्टमा बैंकको लगानी झन्डै दोब्बले बढ्यो, २६ अर्ब कर्जा प्रवाह Read Next

अपार्टमेन्टमा बैंकको लगानी झन्डै दोब्बले बढ्यो, २६ अर्ब कर्जा प्रवाह