काठमाडौं । जानकी फाइनान्सको खराब कर्जा झन्डै ५ गुणाले बढेको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार फाइनान्सको खराब कर्जा ३९१.६७ प्रतिशतले बढेर २३.६० प्रतिशत पुगेको हो ।
यो फाइनान्स कम्पनीहरु मध्ये सबैभन्दा धेरै हो भने नेपाल राष्ट्र बैंकको सीमाभन्दा माथि हो । गत वर्ष चैत मसान्तसम्म जानकीको खराब कर्जा ४.८० प्रतिशत मात्र थियो ।
लगानी गरेको कर्जा असुल हुन नसकेपछि फाइनान्सको खराब कर्जा ह्वात्तै बढेको हो । समीक्षा अवधिमा फाइनान्सको खुद नाफामा पनि भारी गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्म फाइनान्सले १ करोड ५३ लाख मात्र खुद नाफा कमाएको छ । जबकी गत वर्ष सोही अवधिमा ५ करोड २४ लाख नाफा कमाएको थियो ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानीमा झिनो वृद्धि आए पनि संचालन मुनाफामा भारी गिरावट आएको छ । चैतसम्म फाइनान्सको खुद ब्याज आम्दानी ०.६९ प्रतिशतले बढेर १४ करोड ८८ लाख पुगेको छ भने संचालन मुनाफा ७०.५५ प्रतिशतले घटेर १ करोड ९५ लाखमा सीमित भएको छ ।
हाल ६९ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको रिटेन्ड अर्निङमा १९ करोड ५५ लाख ऋणत्मक छ भने रिजर्भ कोषमा २९ करोड ८२ लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा फाइनान्सले ३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ६२ करोड कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँबाट घटेर २.९६ रुपैयाँमा सीति भएको छ । यस्तै, समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर नेटवर्थ ११४.८८ रुपैयाँ छ ।