नेप्सेमा दोहोरो अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । गतसाता ३० अंकले घटेको नेप्से यस साता पहिलो कारोबार दिनमै दोहोरो अंकले घटेको हो ।

आइतबार सेयर बजार मापक सूचक नेप्से १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा आइपुगेको छ । यसदिन २६५ कम्पनीको ८२ करोड रुपैयाँ बढीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.०१ प्रतिशतले घटेको छ ।

आज मोलुङ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट पौने ३ करोड र एनआइसी एशिया बैंक २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कालिञ्चोक दर्शन, आदर्श लघुवित्त र सनराइज ब्लूचिप फण्डको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

भक्तपुर घुम्ने विदेशी पर्यटक बढे, साढे १३ करोड ४४ लाख शुल्क संकलन Read Previous

भक्तपुर घुम्ने विदेशी पर्यटक बढे, साढे १३ करोड ४४ लाख शुल्क संकलन

सरकारी कम्पनीले गहुँकाे उचित मूल्य नदिएपछि गाउँमै बेच्दै किसान Read Next

सरकारी कम्पनीले गहुँकाे उचित मूल्य नदिएपछि गाउँमै बेच्दै किसान