वैशाख १९ देखि आइपीओ विक्री गर्दै मोदी इनर्जी, १ लाख कित्ता भर्न पाइने

काठमाडौं । मोदी इनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि ५९ करोड ९५ लाख ४२ हजार रुपैयाँ बराबरको ५९ लाख ९५ हजार ४२० कित्ता सेयर विक्रीमा ल्याउन लागेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। । लगानीकर्ताले उक्त आइपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलामा जेठ २ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी प्लस इस्यूअर’ रेटिङ दिएके छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत् आयोजनाको संचालन गरिरहेको छ । जसको कुल लागत ६ अर्ब २० करोड रुपैयाँ र प्रतिमेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ। कम्पनीले सो आयोजनाबाट २०७८ असोज १४ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिसकेको छ।

 

बन्दीपुर केबलकारको डिब्बा जडान सुरू,  केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन गरिने Read Previous

बन्दीपुर केबलकारको डिब्बा जडान सुरू,  केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन गरिने

तनहुँ र चितवनमा पर्ने राजमार्गमा आज दिनभर सवारीसाधन बन्द Read Next

तनहुँ र चितवनमा पर्ने राजमार्गमा आज दिनभर सवारीसाधन बन्द