नेप्सेमा लगातार तेस्रो दिन गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । यससाता आइतबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । तीन दिनमा नेप्से २९ अंकले घटेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा ५ करोडले घटेर ८७ करोडमा सीमित भएको छ ।

मंगलबार सेयर बजार मापक सूचक नेप्से ३.०७ अंकले घटेर १९०४.९८ बिन्दुमा आइपुगेको छ । यसदिन २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक घटेको छ भने ३ को बढेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.१७ प्रतिशतले घटेको छ ।

आज प्रभु बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट झन्डै ४ करोड र नेष्डो लघुवित्त ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कलंकी-बसुन्धारा सडकको बीचमा ३ मिटर खाली ठाउँ राखिने, दायाँबायाँ ४ लेनको सडक हुने Read Previous

कलंकी-बसुन्धारा सडकको बीचमा ३ मिटर खाली ठाउँ राखिने, दायाँबायाँ ४ लेनको सडक हुने

बीमा कम्पनीकाे चुक्ता पूँजी पुर्‍याउने समय थप, नपुगेकालाई हकप्रद ल्याउन दिइने Read Next

बीमा कम्पनीकाे चुक्ता पूँजी पुर्‍याउने समय थप, नपुगेकालाई हकप्रद ल्याउन दिइने