नेष्डो समृद्ध लघुवित्तको लाभांश संशोधन, ५६ प्रतिशत घट्यो

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन भएको छ ।

लघुवित्तले यसअघि ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको भए पनि नेपाल राष्ट्र बैंकले १७.९४ प्रतिशत मात्र वितरण गर्न स्वीकृति दिएको हो ।

यद्यपि, नेपाल राष्ट्र बैंकको उक्त निर्णय तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडि बढाउन नसकिने लघुवित्तले जनाएको छ ।

राष्ट्र बैंकको गत फागुन १० गते जारी गरेको संशोधित निर्देशनको व्यवस्थासंग स्पष्ट बाझिएको, राष्ट्र बैंकबाट इजाजत प्राप्त एउटै प्रकृतिका संस्था बीच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिँदा समानता नभएको, सेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्थालाई राष्ट्र बैंकले नजरअन्दाज गरेको लघुवित्तको भनाइ छ ।

बैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानुन, निर्देशन र केन्द्रीय बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपूर्ण कानुनी व्याख्या गरी निर्णयमा पुग्ने लघुवित्तले निर्णय गरेको छ ।

मौलाउँदै कित्ताकाट, चैतमा १० महिना यताकै धेरै टुक्रा पारियो Read Previous

मौलाउँदै कित्ताकाट, चैतमा १० महिना यताकै धेरै टुक्रा पारियो

वैशाख १८ देखि तातोपानी नाकाबाट निर्यात खुलाउने तयारी Read Next

वैशाख १८ देखि तातोपानी नाकाबाट निर्यात खुलाउने तयारी