काठमाडौं । सिटी होटल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि चैत २१ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको १ लाख ६७ हजार ४०० कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा स्वीकृत बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीले ‘केयर एनपी डबल बी प्लस इस्यूअर’ रेटिङ पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।