सीजी नेटको ‘स्पीड दमदार प्राइस शानदार’ अफर, ७९९ रुपैयाँमा १३० एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट र आइपीटीभीका साथ सीजी नेटले जनताको आवश्यकतालाई मध्यनजर गर्दै ‘स्पीड दमदार प्राइस शानदार’ अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत ग्राहकहरूले मासिक ७९९ रुपैयाँमा १३० एमबीपीएस नेट, १ हजार ४९ रुपैयाँमा २५० एमबीपीएस र १ हजार २९९ रुपैयाँमा ३५० एमबीपीएस नेटको सुविधा पाउन सक्नेछन्। साथै सीजी नेटले आफ्ना प्रयोगकर्ताहरूलाई ३ लाखसम्मको दुर्घटना बीमा दिने बताएको छ।

यसबाहेक सीजीका घडी, इयरफोन लगायत अन्य घरायसी सामाग्रीको खरिदमा ३५ प्रतिशतसम्मको छुट अफर दिने बताएको छ।सीजी नेट जोडेर प्रयोगकर्ताहरूले चार लाख नेपाली रुपैयाँ बराबरको यी सबै सुविधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन्।

काठमान्डौंबाहेक सीजी नेटले आफ्नो सेवा बिराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावीसम्म पुर्‍याएको छ।

२०८० वैशाख ३ गते पोखरामा उद्घाटन समारोह र र्‍यालीको आयोजना गर्दै सीजी नेटले त्यहाँ आफ्नो आगमनको उद्घोष गरेको हो।

सीजी नेटले अत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवा पुर्‍याउनेमा प्रतिबद्धता जनाएको छ। सस्तो र भरपर्दो इन्टरनेट खोज्‍ने नेपालीहरूका लागि यो एउटा सुवर्ण मौका रहेको कम्पनीको भनाइ छ।

कम्पनीले आगामी दिनमा थप शहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ।

अब सडकपेटीमा राति मात्रै निर्माण कार्य गर्नुपर्ने, सामान राखे जफत हुने Read Previous

अब सडकपेटीमा राति मात्रै निर्माण कार्य गर्नुपर्ने, सामान राखे जफत हुने

साढे ८ करोड विद्युत् महसुल नतिरेपछि रोल्पा सिमेन्टको लाइन काटियो Read Next

साढे ८ करोड विद्युत् महसुल नतिरेपछि रोल्पा सिमेन्टको लाइन काटियो