भूगोल इनर्जीकोे आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले आज दिउँसो आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी ३ जनाले थप १/१ कित्ता सेयर पाएका छन् भने साढे १० लाख १४ हजार ४५२ जनाको हात रित्तो भएको छ ।

कम्पनीले चैत २३ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड ४६ लाख ९९ हजार ३०० रुपैयाँ बराबरको १३ लाख ४६ हजार ९९३ कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट र भूगोल इनर्जी डेभलपमेन्टको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

मेलम्चीको पानी दैनिक १२ करोड लिटर वितरण गरिँदै Read Previous

मेलम्चीको पानी दैनिक १२ करोड लिटर वितरण गरिँदै

अर्थतन्त्रमा मन्दी आउनुमा घरजग्गा र सेयर बजारको हिस्सा कति ? Read Next

अर्थतन्त्रमा मन्दी आउनुमा घरजग्गा र सेयर बजारको हिस्सा कति ?