काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । गत साता ६८ अंकले बढेको नेप्से यस साताको पहिलो कारोबार दिन २ अंकले घटेको हो ।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साता औसतमा दैनिक सवा १ अर्ब बढी कारोबार हुँदै आएकोमा आज १ अर्बभन्दा कममा सीमित भएको छ ।
आइतबार सेयर बजार मापक सूचक नेप्से २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा आइपुगेको छ । यसदिन २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ समूहको घटेको छ । आज होटल समूहको परिसूचकमा उछाल आएको छ । यस समूहका सबै कम्पनीको सेयर मूल्य बढेको छ भने परिसूचक ४.६५ प्रतिशतले बढेको छ ।
आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंक साढे ३ करोड र शिवम् सिमेन्ट ३ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।