नेशनल माइक्रोफाइनान्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले भोलि (वैशाख ४ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट कर प्रयोजनसहित १५ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न लघुवित्तले वैशाख १५ गते वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा धादिङ्ग क्रिक रिसोर्ट, धादिङ्गबेशीमा हुनेछ ।

दोल्ती पावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

दोल्ती पावरको आइपीओ भर्ने आज अन्तिम दिन

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर सिधा उडान भर्दै Read Next

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर सिधा उडान भर्दै