दोल्ती पावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि चैत २८ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ७१ लाख ८६ हजार १०० रुपैयाँ बराबरको १२ लाख ७१ हजार ८६१ कित्ता आइपीओ भर्ने आज अन्तिम दिन हो ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ।

सम्झौताको म्याद सकिँदा पनि विकासे संरचनाको निर्माण प्रक्रिया अघि बढेन Read Previous

सम्झौताको म्याद सकिँदा पनि विकासे संरचनाको निर्माण प्रक्रिया अघि बढेन

नेशनल माइक्रोफाइनान्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

नेशनल माइक्रोफाइनान्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन