नयाँ स्टक र कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन खुला

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक र कमोडिटी एक्सचेञ्ज स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ । बोर्डले बिहीबार दोस्राे पटक १० दिनको म्याद दिएर लाइसेन्सका लागि आवेदन आह्वान गरेको हो ।

ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स रोक्न माग गदै सर्वोच्च अदालतमा परेको रिट परेको थियो । अदालतले गतसाता बोर्ड विरुद्ध परेको रिट खारेज गरेसँगै बोर्डलाई लाइसेन्स दिने बाटो खुला गरिदिएकाे थियाे ।

बोर्डले पहिलो पटक नयाँ स्टक र कमोडिटी एक्सचेञ्जका लागि गत असोजमा ४५ दिने सूचना जारी गरेर आवेदन माग गरेको थियो । तर, बोर्डको सो निर्णय विरुद्ध अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो ।

पाँच महिनादेखि रोकिएको प्रक्रिया बोर्डले अगाडि बढाएको छ । बोर्डले एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्ज खोल्नका आवेदन माग गरेको छ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि फेरि चुनाव हुने, अन्जन र उमेशलाल भिड्ने Read Previous

महासंघको वरिष्ठ उपाध्यक्षका लागि फेरि चुनाव हुने, अन्जन र उमेशलाल भिड्ने

जहाज चार्टर गरेर नेपाल घुम्न आए चिनियाँ पर्यटक Read Next

जहाज चार्टर गरेर नेपाल घुम्न आए चिनियाँ पर्यटक