काठमाडौं । सेयर बजारमा सुधार आएको छ । ४ दिनमा लगातार ७० अंकले घटेको नेप्से आज ५ अंकले बढेको हो ।
सूचकमा सामान्य सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २५ करोडले घटेर ९१ अर्बमा सीमित भएको छ ।
सोमबार सेयर बजार मापक सूचक नेप्से ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको छ । यसदिन २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये फाइनान्स बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.७१ प्रतिशतले बढेको छ ।
आज शिवम सिमेन्ट सर्वाधिक कारोबार भएको छ । यसको पौने ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको साढे ६ करोड र एनआइसी एशिया बैंक पौने ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सानिमा मिडल तमोर र कालिञ्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, बाराही हाइड्रोपावर ५.८८, मन्दाकिनी हाइड्रोपावर र शुभम पावरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।