भारतले रुसबाट ल्याउन थाल्यो सबैभन्दा धेरै तेल

काठमाडौं । भारतमा रुसबाट आयातित तेलको हिस्सा बढ्दै गएको छ । मार्च महिनामा भारतले सबैभन्दा धेरै कच्चा तेल रुसबाट ल्याउँदै नयाँ रेकर्ड बनाएको छ ।

मार्चमा भारतले रुसबाट मात्र एकतिहाई बढी अर्थात् ३४ प्रतिशत कच्चा तेल ल्याएको छ । यो अहिलेसम्मकै धेरै हो । मार्चमा भारतले रुसबाट दैनिक औसत १६ लाख ४० हजार ब्यारेलका दरले तेल खरिद गरेको भोर्टेक्स कार्गो ट्रयाकिङको तथ्यांकमा उल्लेख छ ।

जबकी फेब्रुअरीमा रुसबाट औसतमा दैनिक १६ लाख २० हजार ब्यारेलका दरले तेल आयात भएको थियो । गत वर्ष रुस युक्रेन युद्ध सुरु भएसँगै अमेरिका तथा पश्चिमी देशहरुले रसियन तेल निर्यातमा प्रतिबन्ध लगाएका थिए ।

तर, रुसले भारत लगायत देशलाई छुट सुविधामा तेल उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसयता भारतले लगातार रुसबाट आयात गर्ने तेलको मात्रा बढाउँदै लगेको छ ।

भारतले रुसपछि सबैभन्दा धेरै कच्चा तेल साउदी अरेबियाबाट ल्याएको छ । मार्चमा साउदीबाट दैनिक ९ लाख ८६ हजार ब्यारेल कच्चा तेल भारतले खरिद गरेको छ । त्यस्तै, भारतले इराकबाट औसत दैनिक ८ लाख २० हजार ब्यारेल तेल खरिद गरेको छ ।

विश्वमा सबैभन्दा धेरै तेल खरिदकर्तामा चीन र अमेरिकापछि भारत तेस्रो स्थानमा फर्छ ।

'लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ' Read Previous

'लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ'

नतिजा दिनेगरी काम गर्न भन्सार अधिकारीलाई अर्थमन्त्रीको निर्देशन Read Next

नतिजा दिनेगरी काम गर्न भन्सार अधिकारीलाई अर्थमन्त्रीको निर्देशन