भूगोल इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) भने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले चैत २३ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड ४६ लाख ९९ हजार ३०० रुपैयाँ बराबरको १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीले ‘इक्राएनपी आईआर बी माइनस रेटिङ’ पाएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

व्यवसायीको समस्या हल गर्नै अघि बढेको छु, मेरो जित सुनिश्चित छ : उमेशलाल श्रेष्ठ Read Previous

व्यवसायीको समस्या हल गर्नै अघि बढेको छु, मेरो जित सुनिश्चित छ : उमेशलाल श्रेष्ठ

हिमाल आरोहणका लागि ४६० बढीले लिए अनुमति, २८ करोड रोयल्टी संकलन Read Next

हिमाल आरोहणका लागि ४६० बढीले लिए अनुमति, २८ करोड रोयल्टी संकलन