नयाँ ब्रोकर, स्टक एक्स्चेन्जको लाइसेन्स दिने बाटो खुल्यो

काठमाडौं । नयाँ ब्रोकर, स्टक एक्स्चेन्ज र कमोडिटी एक्स्चेन्ज को लाइसेन्स दिने प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

आइतबार सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डविरुद्ध परेको रिट खारेज गर्दै नयाँ लाइसेन्स दिने बाटो खुला गरिदिएको हो ।  न्यायाधिशद्धय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले बोर्ड विरुद्ध परेको रिट खारेज गरेको हो ।

बोर्डले गत असोजमा नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको नयाँ लाइसेन्स दिने प्रक्रिया अघि बढाएको थियो । उक्त प्रक्रिया रोक्न माग गर्दै अधिवक्ता दीपक विक्रम मिश्रले मुद्दा दायर गरेको थिए ।

गत कात्तिकमा तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्चले आज सो रिट नै खारेज गरिदिएको हो ।

यसअघि धितोपत्र सम्बन्धी नियमावली संशोधन कानुन विपरीत भएको भन्दै परेको रिटमा पनि सर्वोच्चले कानुन विपरीत नरहेको ठहर गरेको थियो ।

बैंकको कर्जा लगानी वृद्धिदर एक दशक यताकै कम Read Previous

बैंकको कर्जा लगानी वृद्धिदर एक दशक यताकै कम

व्यवसायीको समस्या हल गर्नै अघि बढेको छु, मेरो जित सुनिश्चित छ : उमेशलाल श्रेष्ठ Read Next

व्यवसायीको समस्या हल गर्नै अघि बढेको छु, मेरो जित सुनिश्चित छ : उमेशलाल श्रेष्ठ