आइएमई पेबाट ४ एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’वालेट मार्फत ४ एयरलाइन्स कम्पनीको टिकट काट्न मिल्ने भएको छ ।

आइएमई पेले आफ्नो एपमा रिफन्डेबल एयरलाइन्स टिकट फिचर थप्दै यस्तो सुविधा दिएको हो ।

ग्राहकले अब आइएमई पेबाट आन्तरिक उडानको रिफन्डेबल टिकट काट्न सक्ने भएका हुन् । ग्राहकले आइएमई पेमार्फत अब श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकट सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन् ।

यस्तै, ग्राहकले आइएमई पेबाट यी एयरलाइन्सको टिकट काट्दा उच्चतम क्यासब्याकका साथै हवाई टिकट समेत पाउने छन् । साथै, रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको सबै शुल्क रिफन्ड पनि पाउने छन् ।

चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर, केबलरकार सहित विभिन्न सेवामा २५ प्रतिशत छुट Read Previous

चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर, केबलरकार सहित विभिन्न सेवामा २५ प्रतिशत छुट

दोर्दी करिडोर प्रसारण लाइन पूर्ण सञ्चालनमा, ३०० मेगावाट बिजुली प्रवाह गर्न सकिने Read Next

दोर्दी करिडोर प्रसारण लाइन पूर्ण सञ्चालनमा, ३०० मेगावाट बिजुली प्रवाह गर्न सकिने