काठमाडौं । विश्वकै सबैभन्दा ठूलो स्मार्ट फोन उत्पादन कम्पनी एप्पलले भारतमा आफ्नो पहिलो औपचारिक रिटेल स्टोर स्थापना गर्ने भएको छ ।
एप्पलले भारतको मुम्बईमा आफ्नो पहिलो रिटेल स्टोर खोल्न लागेको हो । भारत स्मार्ट फोनका लागि विश्वकै दोस्रो ठूलो बजार समेत हो । भारतमा स्मार्टफोनका ७० करोड प्रयोगकर्ता रहेको बताइन्छ ।
भारतमा वर्षौंदेखि एप्पलका स्मार्ट फोनहरु अमेजन, फ्लिपकार्ट जस्ता ई-कमर्स प्लाटफममार्फत विक्री हुँदै आएका थिए भने सन् २०२० मा नै एप्पलले आफ्नो अनलाइन रिटेल स्टोर सञ्चालनमा ल्याएको थियो।
एप्पलले सन् २०२१ मा नै भारतमा आफ्नो रिटेल स्टोर स्थापन गर्न चाहे पनि कोरोना महामारीका कारण ढिलाइ भएको थियो ।