काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च भेस्टेल लिड स्मार्ट टीभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ ।
बैंकले आफ्ना ग्राहकले भिजा डेबिट–क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गरी अनलाइन भुक्तानी गर्दा टीभी जित्न सक्ने योजना ल्याएको हो ।
योजनाको अन्त्यमा कुल सहभागीमध्ये छनोट भएका एकजना भाग्यशाली विजेताले टीभी जित्ने जनाइएको छ । योजना वैशाख ९ गतेसम्म लागू रहने उल्लेख छ ।
योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नु रहेको जनाएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय-समयमा यस्ता नवीन योजनाहरू ल्याएर ग्राहकलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको जनाइएको छ ।
हाल बैंकले देशका ७७ वटै जिल्लामा ३६४ शाखा, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।