काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । यससाता लगातार आरोलो लागेको नेप्से ४१ अंकको गिरावटपछि आज सामान्य अंकले फर्केको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोडले घटेर ८१ करोडमा सीमित भएको छ ।
बुधबार सेयर बजार मापक सूचक नेप्से ८.३९ अंकले बढेर १८७५.०७ बिन्दुमा पुगेको छ । यसदिन २६२ कम्पनीको २६ लाख २ हजार ९५९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक हरियाली भएको छ भने ३ समूहको राताम्मे भएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै १.०४ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक सवा २ करोड र गुराँस लाइफ इन्स्योरेन्स २ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
सामान्य अंकले बढेको बजारमा आज कालिञ्चोक दर्शनको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, सानिमा ग्रोथ फण्ड ८.०७, लक्ष्मी लघुवित्त ७.४१, समता लघुवित्त ६.४२, गुराँस लघुवित्त, मिथिला लघुवित्त र खप्तड लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।