थ्री स्टार हाइड्रोपावरले पायो आइपीओ विक्री गर्न अनुमति

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत १७ गते आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ करोड ३१ लाख २५० कित्ता साधरण सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले आइपीओ निष्काशनका लागि यसअघि नै हिमालयन क्यापिटललाई सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

कम्पनीले हाल खोटाङको हलेसी तुवाचुङमा ६.६ मेगावाटको जलविद्युत् आयोजना संचालन गरिरहेको छ ।

छ्याङ्दी हाइड्रोपावरको हकप्रद संशोधन Read Previous

छ्याङ्दी हाइड्रोपावरको हकप्रद संशोधन

तालिमपछि आत्मनिर्भर बन्दै महिला, साबुन उत्पादन सक्रिय Read Next

तालिमपछि आत्मनिर्भर बन्दै महिला, साबुन उत्पादन सक्रिय