मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि चैत १९ गतेदेखि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ १३ करोड ३७ लाख ३० हजार २०० रुपैयाँ बराबरको १३ लाख ३७ हजार ३०२ कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल दोलखामा २ वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजना ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

सुरी खोलाको कुल अनुमानित लागत १ अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड २३ लाख ४५ हजार ५७१ रुपैयाँ रहेको छ।

त्यस्तै, माथिल्लो सुरी खोलाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ।

नागरिकतासँगै प्यान कार्ड दिएर करको दायरा बढाउन चेम्बरको आग्रह Read Previous

नागरिकतासँगै प्यान कार्ड दिएर करको दायरा बढाउन चेम्बरको आग्रह

उपत्यका आउने सबै मुख्य सडक अस्तव्यस्त, अझै कम्तीमा २ वर्ष सास्ती भोग्नुपर्ने Read Next

उपत्यका आउने सबै मुख्य सडक अस्तव्यस्त, अझै कम्तीमा २ वर्ष सास्ती भोग्नुपर्ने