हवाई भाडा घट्यो, कुन रुटको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ ।

वायुसेवा सञ्चालक सङ्घले आज (चैत २२ गते) देखि लागू हुने गरी इन्धन शुल्क (फ्युल सरचार्ज) घटाइ हवाई भाडा समायोजन गरेको हो ।

निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र ७ हजार ५१० तिर्नुपर्थ्यो भने अब ७ हजार ७० रुपैयाँ भाडा कायम गरिएको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट)को भाडा ३४५ रुपैयाँ घटेर अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ ।

यसैगरी, काठमाडौँ–भद्रपुर रुटमा ३०० रुपैयाँ, विराटनगरमा २४० रुपैयाँ, जनकपुरका लागि १३० रुपैयाँ, पोखराका लागि १५५ रुपैयाँ, भरतपुरका लागि ११० रुपैयाँ, भैरहवाको २०५रुपैयाँ, नेपालगञ्जका लागि १८५ रुपैयाँ र सुर्खेतका लागि ३४५ रुपैयाँ हवाई भाडा घटेको छ ।

अनलाइनबाट तिरेको राजस्व ट्राफिक प्रहरीद्धारा अस्वीकार, क्यानले गुहार्‍यो सरकार Read Previous

अनलाइनबाट तिरेको राजस्व ट्राफिक प्रहरीद्धारा अस्वीकार, क्यानले गुहार्‍यो सरकार

नागरिकतासँगै प्यान कार्ड दिएर करको दायरा बढाउन चेम्बरको आग्रह Read Next

नागरिकतासँगै प्यान कार्ड दिएर करको दायरा बढाउन चेम्बरको आग्रह