काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सोमबार वीन नेपाल लघुवित्त र आइएमई जनरल इन्स्योरेन्सको गत वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा आइएमई जनरलले गत वर्षको नाफाबाट वितरण गरेको ६ प्रतिशत बोनस बापतको १० लाख २० हजार ९९०.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, वीन नेपाल लघुवित्तको ९.३३ प्रतिशत अर्थात् ६७ हजार ६५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।