नेप्सेमा लगातार दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार २० अंकले घटेको नेप्से आज १६ अंकले घटेको हो ।

नयाँ अर्थमन्त्रीमा डा. प्रकाशशरण महत आए पनि उनले तत्काल सेयर बजारका समस्या समाधान गर्ने विश्वास लगानीकर्तामा नहुँदा बजारमा नकारात्मक असर देखिएको हो ।

सोमबार सेयर बजार मापक सूचक नेप्से १६.६७ अंकले घटेर १८७१.८८ बिन्दुमा आइपुगेको छ । यसदिन २६० कम्पनीको ९२ करोड २ लाख रुपैयाँ बढीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै १.३० प्रतिशतले घटेको छ ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया झन्डै ३ करोड र ग्लोबल आइएमई बैंक साढे २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज प्रभु बैंकका डिबेन्चरधनीले सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

घट्दो बजारमा पयिन आज कालिञ्चोक दर्शनको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

नेपालमा अमेरिकादेखि आउँछन् श्रमिक, १० हजार बढी कार्यरत, कुन देशका कति ? Read Previous

नेपालमा अमेरिकादेखि आउँछन् श्रमिक, १० हजार बढी कार्यरत, कुन देशका कति ?

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत