पुष्प मेलामा झन्डै १ करोडको कारोबार

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले सुरू गरेको ४ दिने फ्लोरा एक्स्पो (फूल मेला) को आज अन्तिम दिन रहेको छ । ३ दिनमा यस मेलालामा ८४ लाख रुपैयाँको कारोबार भएको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

चैत्र १७ गतेबाट सुरु भएको यो मेलामा पहिलो दिन ४ हजार ७०० ले अवलोकन गरेका थिए । दोस्रो दिन १७ हजारले अवलोकन गरेको तामाङले जानकारी दिए । तेस्रो दिन ११ हजार बढि मानिसहरुले फूल मेलाको अवलोकन गरेका छन् । हालसम्म कुल ३२ हजार ७ सय बढी मानिसहरुले मेलाको अवलोकन गरेको उनको दाबी छ ।

उनका अनुसार ४७ हजार मानिसहरुले फूल मेला अवलोकन गर्ने अनुमान गरिएको थियो । ४ दिनमा ७५ लाख रुपैयाँ बराबरको कारोबार गर्ने अनुमान गरिएकोमा ३ दिनमै ८४ लाख रुपैयाँ संकलन भएकाले ४ दिनमा १ करोड रुपैयाँ बढिको कारोबार गर्ने अनुमान गरिएको छ ।

‘हामीले ४७ हजार मानिसहरु अवलोकनका लागि आउने अनुमान गरेका थियौँ, ४ दिनमा त्यो पूरा पनि हुने छ, मेलाबाट ७५ लाखको कारोबार गर्ने लक्ष्य थियो तर, ३ दिनमै त्योभन्दा बढी कारोबार भएकाले १ करोड बढिको कारोबार हुने अनुमान गरेका छौं,’ अध्यक्ष तामाङले चाणक्य पोष्टसँग भने ।

मेलामा व्यवसायीक स्टल ६२ वटा, ल्याण्डस्कोपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा, र २ वटा फूडसहित ८० स्टल रहेको छ । त्यस्तै प्रति स्टलको लागि ४० हजार शुल्क रहेको छ ।

मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री लगायत अन्य प्रदर्शनी तथा विक्री कक्षा रहेको छन् ।

उक्त एक्स्पोमा ४७ हजार मानिसले अवलोकन गर्ने तथा करिब ७५ लाख रुपैयाँसम्मको व्यवसायिक कारोबार हुने अपेक्षा रहेको थियो । मेला प्रवेश शुल्क विद्यार्थीको लागि १०० रुपैयाँ रहेको छ भने अन्य सर्वसाधारणको लागि १५० रुपैयाँ रहेको मेलाका संयोजक शिवबहादुर खड्काले जानकारी दिए ।

मुस्ताङमा ठूलो क्षमताको स्याउ चिस्यान केन्द्र निर्माण हुँदै Read Previous

मुस्ताङमा ठूलो क्षमताको स्याउ चिस्यान केन्द्र निर्माण हुँदै

नेपालमा अमेरिकादेखि आउँछन् श्रमिक, १० हजार बढी कार्यरत, कुन देशका कति ? Read Next

नेपालमा अमेरिकादेखि आउँछन् श्रमिक, १० हजार बढी कार्यरत, कुन देशका कति ?