नबिल बैंकका थप ४ शाखा स्थानान्तरण, कुन कहाँ सरे ?

काठमाडौं । नबिल बैंकका थप ४ शाखा कार्यालय स्थानान्तरण भएका छन्। हालै ७ शाखा कार्यालय स्थानान्तरण गरेको नबिलले आइतबारदेखि नयाँ ठाउँमा संचालन हुने गरी थप ४ शाखा कार्यालय स्थानान्तरण गरेकाे हो ।

बैंकले काठमाडौंका ३ वटा र वीरगञ्जको एउटा शाखा स्थानान्तरण गरेकाे छ । बैंकका अनुसार यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा-५, जोरपाटीमा रहेको शाखा स्थानान्तरण गरी काठमाडौं महानगरपालिका-६, रामहिटीमा लगेकाे छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिका-१३, कालिमाटीमा रहेको शाखा चन्द्रागिरी नगरपालिका-१४ नैकापमा र कीर्तिपुर नगरपालिका-१, त्याङलाफाटमा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका-१४ बल्खु, टेकासीमा स्थानान्तरण गरेकेा छ ।

त्यस्तै, पर्साको वीरगञ्ज नगरपालिका-४, अलखिया रोडमा रहेको शाखा कार्यालय सोही महानगरपालिका वडा नं. ८ वीरगञ्ज बाइपासमा सारेकेा छ ।

अघि बढ्यो १३२ केभीको दरौदी कोरिडोर प्रसारण लाइन निर्माण Read Previous

अघि बढ्यो १३२ केभीको दरौदी कोरिडोर प्रसारण लाइन निर्माण

ग्लोबलआईएमई बैंकको हृयाप्पी आवर्स योजना, २० प्रतिशतसम्म क्यासब्याक पाइने Read Next

ग्लोबलआईएमई बैंकको हृयाप्पी आवर्स योजना, २० प्रतिशतसम्म क्यासब्याक पाइने