नेशनल माइक्रोफाइनान्सले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले वैशाख १५ गते नवौं वार्षिक साधरण सभा बोलाएको हो । लघुवित्तको सभा धादिङ क्रिक रिसोर्ट, धादिङमा बस्नेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको करसहित १५ प्रतिशत बोनस सेयर लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ ।

त्यस्तै, सभामा नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था बीचको मर्जरको लागि भएको ड्यु डिलिजेन्स अडिट (डीडीए) रिपोर्ट अनुमोदन गर्ने प्रस्ताव लैजाने भएको छ ।

प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि वैशाख ४ गतेदेखि १५ गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार वैशाख ३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

जयनगर-कुर्था रेल सेवा : वार्षिक आम्दानी ८ करोड, खर्च ५० करोड Read Previous

जयनगर-कुर्था रेल सेवा : वार्षिक आम्दानी ८ करोड, खर्च ५० करोड

दैनिक ११ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने ओपेकको निर्णय, नेपालमा कस्तो पर्छ असर ? Read Next

दैनिक ११ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने ओपेकको निर्णय, नेपालमा कस्तो पर्छ असर ?