काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा यस साता थप ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यससाता नेप्सेमा दुई लघुवित्त, हाइड्रोपावर, दुई इन्स्याेरेन्स, एक वाणिज्य बैंक र एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
यी सबै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आइतबार नेप्सेमा शिखर इन्स्योरेन्स र नेपाल एसबीआई बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
शिखर इन्स्योरेन्सको १६ प्रतिशत अर्थात् ३६ लाख ८८ हजार ६६० कित्ता र नेपाल एसबीआई बैंकको ३ प्रशित अर्थात् २९ लाख ४७ लाख ७५५.९३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, नेप्सेमा मंगलबार नेको इन्स्योरेन्स, अपि पावर, साधना लघुवित्त र आरएसडीसी लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा नेको इन्स्यारेन्सको १५ प्रतिशत बोनस बापतको २६ लाख २४ हजार ८१८.२० कित्ता, अपि पावरको ७.५ प्रतिशत अर्थात् २८ लाख ८३ हजार ६८६ कित्ता, साधना लघुवित्तको १९ प्रतिशत अर्थात् ६ लाख १० हजार ३२८.४५ कित्ता र आरएसडीसी लघुवित्तको ६ लाख ४४ हजार १२४.५९ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, बुधबार नेप्सेमा मुक्तिनाथ विकास बैंकको १३.५ प्रतिशत अर्थात् ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, बिहीबार नेप्सेमा रिडी पावरको ४० प्रतिशत अथात् ४४ लाख २५ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत आठै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।