टाटा कमर्सियल गाडीको सर्भिस सेन्टर अब बागलुङमा पनि

काठमाडौं । सिप्रदी ट्रेडिङले बागलुङमा आफ्नो २६औं शाखा संचालनमा ल्याएको छ । कम्पनीले टाटा कमर्सियल गाडीहरूलाई सर्वसुलभ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाबाट ग्राहकले सम्पूर्ण टाटा गाडीका ग्राहकलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत सुविधा पाउने छन् । साथै, टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशतसम्म र जेन्यूइन आयलमा २५ प्रतिशत सम्मको छुट सुविधा पाउने छन् ।

त्यस्तै, टाटा प्रोटेक्ट अन्तर्गत ४ घण्टा भित्र सर्भिसिङका कामहरूको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र ममर्त कार्यको ग्यारेन्टी प्रदान गर्नेछ । यदि सो समयमै काम नसकिए प्रतिदिन ११०० रुपैयाँले क्षतिपूर्ति पनि प्रदान गर्नेछ ।

त्यसैगरी, एक्सिडेन्टल कार्यहरूको लागि नगद रहित बीमा दाबी सुविधाको साथमा ६० दिन भित्र गाडी मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ ।

ग्राहकको गाडी संचालन खर्चलाई न्यूनीकरण गर्नका लागि विविध खालको एएमसी सुविधाहरू पनि प्रदान गर्ने छ । अफरोड भएका गाडीहरूको लागि टाटा अलर्ट अन्तर्गत ६ घण्टा भित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टा भित्र समाधान गर्नेछ ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुका साथै विक्रीपछि उत्कृष्ट सेवाहरू प्रदान गर्नुरहेको बताए ।

उनले ग्राहकको चाहना र आवश्यकतालाई प्राथमिकतामा दिई सिप्रदीले टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको बताए ।

उनले टाटा प्रोटेक्ट अन्तर्गतको सेवा सुविधा माध्यमबाट ग्राहकलाई छिटो सेवा प्रदान गरी गाडी संचालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिँदै आएको जानकारी दिए ।

बागलुङ शाखासँगै टाटा कमर्सियल गाडीका सर्भिस सेन्टरको संजाल ५५ वटा पुगेको छ । जसमा सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज रहेका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प केही दिनमै पक्राउ पर्न सक्ने Read Previous

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प केही दिनमै पक्राउ पर्न सक्ने

अब श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने Read Next

अब श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने