एनआइसी एशिया लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले वैशाख १० गते पाँचौं वार्षिक साधरण सभा बोलाएको हो । लघुवित्तको सभा होटल गजुर, भोटेपुल, धरानमा हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको करसहित १४.७५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ ।

प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि वैशाख १ गतेदेखि १० गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार चैत ३० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व-पश्चिम रेलमार्गको डीपीआर बनाइँदै Read Previous

चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व-पश्चिम रेलमार्गको डीपीआर बनाइँदै

पर्यटकको रोजाइको गन्तव्य बन्दै पटिहानी, जंगल सफारीमा आकर्षण Read Next

पर्यटकको रोजाइको गन्तव्य बन्दै पटिहानी, जंगल सफारीमा आकर्षण