मोदी इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । मोदी इनर्जी लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि फागुन २५ गतेदेखि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र ८ तथा मोदी गाउँपालिका–२, ५, र ६ का स्थानीय बासिन्दाका लागि २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर विक्रीमा ल्याएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले सेयर खरिदको आवेदन सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक तथा कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन बीबी प्लस इस्यूअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले पर्वतमा २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको छ ।

जीवन विकाससहित २ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

जीवन विकाससहित २ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

३ वर्षपछि रसुवागढी-केरुङ नाकाबाट दुईतर्फी व्यापार र आवतजावत खुला गरिँदै Read Next

३ वर्षपछि रसुवागढी-केरुङ नाकाबाट दुईतर्फी व्यापार र आवतजावत खुला गरिँदै