काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । अघिल्ला दुई दिन लगातार दोहोरो अंकले बढेको नेप्से आज १ अंकले बढेको हो ।
सूचकमा झिनो सुधार आए पनि आज कारोबार रकमा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६३ करोडले घटेर ८१ करोडमा सीमित भएको छ ।
बुधबार सेयर बजार मापक सूचक नेप्से १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा पुगेको छ । यसदिन २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै १.३४ प्रतिशतले बढेको छ ।
आज एनआइसी एशिया बैंककोे सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावर ३ करोड र शिवम सिमेन्ट साढे २ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले बढेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सुपर माइ हाइड्रोपावर र कालिञ्चोक दर्शनका सेयरधनीले पनि १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, धौलागिरि लघुवित्त ५.१७, स्वाबलम्बन लघुवित्त ३.९५, राष्ट्र उत्थान लघुवित्त ३.७१, तेह्रथुम पावर ३.४८, ग्लोबल आइएमई लघुवित्त, आरेन्टल होटल, विजय लघुवित्त र एशियन हाइड्रोपावरको सेयर मूल्य साढे २ प्रतिशतले बढेको छ ।