काठमाडौं । नबिल बैंकले आफ्ना दुई वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले चैत १९ गतेदेखि नयाँ ठाउँमा संचालन हुने गरी दुई शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।
बैंकले काठमाडौं बाँके र कैलाली जिल्लामा रहेका २ वटा शाखा स्थानान्तरण गर्ने भएको हो । बैंकका अनुसार हाल बाँकेको नेपालगञ्ज नगरपालिका २, धम्बोजीमा रहेको शाखा स्थानान्तरण साेही नगरपालिका ३, भानुभक्त चोक, न्यूरोडमा लैजाने भएको छ ।
त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका २, धनगढीमा रहेको शाखा कार्यालय स्थानान्तरण गरी सोही उपमहानगरको वडा नं. ३ स्थित बोराडाडीमा सार्ने भएको छ ।
ती शाखाहरुमा लकरमा राखिएका आफ्ना सामानहरु चैत १६ गतेभित्रै निकाल्न बैंकले ग्राहकलाई अनुरोध गरेको छ । शाखा स्थानान्तरण हुँदा सामान टुटफुट भएमा आफू जिम्मेवार नहुने बैंकले जनाएको छ ।