प्राइम कमर्शियल बैंकको सेयर १३० रुपैयाँमै किन्ने अवसर !

काठमाडौं । प्राइम कमर्शियल बैंकको संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आउने भएको छ । बैंकका विद्यमान सेयरधनीको नाममा रहेको ९ लाख कित्ता सेयर लिलामी मार्फत विक्री गर्न लागेका हुन्।

बैंकको सेयर विद्यमान संस्थापक सेयरधनीका साथै जो कोही व्यक्ति वा कम्पनीले पनि खरिद गर्न सक्नेछन् ।

उक्त सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

उक्त लिलामी सेयरमा चैत २१ गतेदेखि २९ गतेसम्म बोलपत्र पेश गनए सकिने छ । लगानीकर्ताले बोलपत्र फारम सानिमा क्यापिटलमा पुग्ने गरी बुझाउनुपर्ने छ ।

म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल Read Previous

म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल

साहसिक ‘खेल-पर्यटन हब’ बन्दै कुशादेवी, माउन्टेन बाइकदेखि प्याराग्लाइडिङसम्म Read Next

साहसिक ‘खेल-पर्यटन हब’ बन्दै कुशादेवी, माउन्टेन बाइकदेखि प्याराग्लाइडिङसम्म