चैत २३ गतेदेखि आइपीओ विक्री गर्दै भूगोल इनर्जी

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड ४६ लाख ९९ हजार ३०० रुपैयाँ बराबरको १३ लाख ४६ हजार ९९३ कित्ता सेयर विक्रीमा ल्याउने भएको हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा चैत २७ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा वैशाख ७ गतेसम्म आवेदन दिन पाइन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीले ‘इक्राएनपी आईआर बी माइनस रेटिङ’ पाएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

८ पटक म्याद थप्दा पनि काम पूरा नभएपछि भक्तपुर-नगरकोट सडकको ठेक्का तोडियो Read Next

८ पटक म्याद थप्दा पनि काम पूरा नभएपछि भक्तपुर-नगरकोट सडकको ठेक्का तोडियो