काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई लघवित्तको लाभांश पाउन सेयर किन्ने आज (चैत १५ गते) अन्तिम दिन रहेको छ । विजय लघुवित्त र कालिका लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधरणसभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत १६ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
कालिका लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सो लाभांश पारित गर्न कालिकाले चैत २९ गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा होटल टास्क इन्टरनेशनल प्रालि पोखरामा हुनेछ ।
त्यसैगरी, विजय लघुवित्तले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न १.५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सो लाभांश पारित गर्न विजयले चैत २८ गते १० औं वार्षिक साधरण सा बोलाएको छ । सभा विजय विकास स्रोत केन्द्र, गैँडाकोट, नवलपरासीमा हुनेछ।
दुवै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।