काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था बीच प्राप्ति (एक्वीजिसन) सम्बन्धी अन्तिम सम्झौता भएको छ ।
सोमबार दुवै संस्थाका अध्यक्षहरुले एक अर्कामा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता हस्ताक्षर गरेका हुन । दुई लघुवित्त बीच गत असोज १४ गते एक्वीजिसन सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
डिप्रोक्सले आदर्शलाई समान हैसियत अर्थात् १:१ सेयर अनुपातमा गाभ्न लागेको हो । आदर्शलाई गाभेपछि डिप्रोक्सको चुक्ता पूँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।
गत फागुन ३० गते सम्पन्न दुवै लघुवित्तको साधारण सभाले मार्फत गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु गर्नेछन् ।