सेयर बजारमा लगातार पहिरो, यी ६ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । गत बुधबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

आइतबार सेयर बजार मापक सूचक नेप्से २६.८७ अंकले घटेर १८८८.२७ बिन्दुमा आइपुगेको छ । यसदिन २५९ कम्पनीको १ अर्ब २९ करोड रुपैयाँ बढीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । म्युचुअल फण्ड समूहको परिसूचक सबैभन्दा धेरै ४.७७ प्रतिशतले घटेकोे छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको झन्डै ८ करोड र नेष्डो समृद्ध लघुवित्तको ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा ४ कम्पनीको नेगेटिभ र २ कम्पनीको पोजेटिभ सर्किट लागेको छ । जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त, जाल्पा लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट् अर्थात् १० प्रतिशतले घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । मायाखोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

युक्रेनले सन् २०२३ मा साढे ४ करोड टन खाद्यान्न उत्पादन गर्ने Read Previous

युक्रेनले सन् २०२३ मा साढे ४ करोड टन खाद्यान्न उत्पादन गर्ने

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन समयमै सक्न ताकेता, फिल्डमै पुगे कुलमान Read Next

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन समयमै सक्न ताकेता, फिल्डमै पुगे कुलमान