युक्रेनले सन् २०२३ मा साढे ४ करोड टन खाद्यान्न उत्पादन गर्ने

कीएभ । युक्रेनले सन् २०२३ मा ४ करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने बताएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले यो बर्ष युक्रेनले ४ करोड ५० लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका हुन् ।

‘युक्रेनलाई आबश्यक खाद्यान्न अघिल्लो वर्षजस्तै यस वर्ष पनि पूर्ण रुपमा उपलब्ध गराइनेछ,’ इश्मिहाललाई उद्धृत गर्दै सरकारी प्रेस सेवाले जनाएको छ ।

‘युक्रेनको गहुँ बाली लगभग ६० लाख टनको घरेलु खपत को साथ यस वर्ष एक करोड ६० लाख ६० हजार टन अनुमान गरिएको छ,’उनले भने ।

युक्रेनी सरकारले किसानहरुलाई जारी वसन्त ऋतुको रोपाइँ अभियानलाई सुचारु रुपमा सञ्चालन गर्न मद्दत गरिरहेको उनले बताए ।

युक्रेनको कृषि मन्त्रालयका अनुसार गत वर्ष युक्रेनका किसानले ५ करोड ३९ लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गरेका थिए ।

एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्‍याउँछु : वरिष्ठ उपाध्यक्ष Read Previous

एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्‍याउँछु : वरिष्ठ उपाध्यक्ष

सेयर बजारमा लगातार पहिरो, यी ६ कम्पनीको मूल्यमा सर्किट Read Next

सेयर बजारमा लगातार पहिरो, यी ६ कम्पनीको मूल्यमा सर्किट