गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा झन्डै दोब्बरले बढ्यो

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको चैत ९ गते बसेको बैठकले सेयरधनीलाई १३.२७ प्रतिशत बोनस सेयर लाभांश दिने घोषणा गरेको हो ।उक्त लाभांशमा लाग्ने लाभ कर भने सेयरधनी आफैंले तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले घोषणा गरेको यो लाभांश अघिल्ले आर्थिक वर्ष २०७६/७७ को तुलनामा झन्डै दोब्बर बढी हो । सो गुराँसले सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्सको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

लयमा फर्किँदै बन्दीपुरको होटल व्यवसाय Read Next

लयमा फर्किँदै बन्दीपुरको होटल व्यवसाय