काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । लगातार ७५ अंकको गिरावटपछि सोमबार २२ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो ।
बुधबार सेयर बजार मापक सूचक नेप्से १५.७६ अंकले घटेर १९३३.२९ बिन्दुमा आइपुगेको छ । यसदिन २६६ कम्पनीको १ अर्ब ३३ करोड रुपैयाँ बढीको ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै १.८७ प्रतिशतले घटेकोे छ ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ८ करोड र हिमालयन डिस्ट्रीलरी साढे ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज बोटलर्स नेपाल (तराई)का सेयरधनीले सर्वाधिक ७.६२ प्रतिशतले गुमाएका छन् । त्यस्तै, धौलागिरि र मानुषी लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।