नेप्सेमा दुई विकास बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा दुई विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा साइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

साइन रेसुंगाले गत गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको १३.३० प्रतिशत अर्थात् ५० लाख २८ हजार ७४१.९९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ३ प्रतिशत बोनस बापतको ९ लाख ८५ हजार २८७.७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेमा सूचीकृत दुवैै बैंकको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

अर्थतन्त्रमा सुधारका संकेत देखिँदा पनि किन बढ्न सकेन सेयर बजार ? Read Previous

अर्थतन्त्रमा सुधारका संकेत देखिँदा पनि किन बढ्न सकेन सेयर बजार ?

भारत-चीन जोड्ने सुदूरपश्चिमका दुई लोकमार्ग निर्माण सुस्त, १५ वर्षमा पनि ट्रयाक खुलेन Read Next

भारत-चीन जोड्ने सुदूरपश्चिमका दुई लोकमार्ग निर्माण सुस्त, १५ वर्षमा पनि ट्रयाक खुलेन