रोकिएन सेयर बजारको ओरालो यात्रा, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । गत साता ६९ अंकले घटेको नेप्से यस साताको पहिलो दिन पनि झन्डै ७ अंकले घटेको हो ।

आइतबार सेयर बजार मापक सूचक नेप्से ६.९० अंकले घटेर १९२६.४० बिन्दुमा आइपुगेको छ । यसदिन २५९ कम्पनीको १ अर्ब ६ करोड रुपैयाँ बढीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ समूहको परिसूचक हरियो भएको छ भने ८ समूहको राताम्मे भएको छ । म्युचुअल फण्ड समूहको परिसूचक सबैभन्दा धेरै १.१७ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट र एनआइसी एशिया बैंक ४/४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा पनि आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त, मानुषी लघुवित्त र शुभम पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

कस्मिक एयरको जहाजमा बनेको ‘एभियसन म्युजियम’ सञ्चालनमा Read Previous

कस्मिक एयरको जहाजमा बनेको ‘एभियसन म्युजियम’ सञ्चालनमा

नागढुंगा-नौबिसे सुरुङमार्ग : अझै आधा काम बाँकी, १ वर्ष म्याद थप्न प्रस्ताव Read Next

नागढुंगा-नौबिसे सुरुङमार्ग : अझै आधा काम बाँकी, १ वर्ष म्याद थप्न प्रस्ताव