काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा सिद्धार्थ बैंक र बिन्ध्याबासिनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
सिद्धार्थ बैंकले गत गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको १२.५० प्रतिशत अर्थात् १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, बिन्ध्याबासिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस बापतको ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा सूचीकृत दुवैै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।