प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, सरकारमा जाने

काठमाडौं । संसदकाे सबैभन्दा ठूलाे दल नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार संसदभवनस्थित ल्होत्से हलमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री  प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

तत्कालीन सत्ता सहयात्री नेकपा एमालेले सरकालाई दिएको समर्थन फिर्तालिएसँगै प्रचण्डले भोलि फेरि विश्वावसको मत लिँदैछन् ।

त्यस्तै, बैठकले कांग्रेस प्रधानमन्त्री प्रचण्डले नेतृत्व गर्ने सरकारमा पनि सहभागी हुने निर्णय गरेको छ ।

बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरू डा.शशांक कोइराला, रमेश लेखक, जीवन परियार, डा. नारायण खड्कालगायतका नेता उपस्थित रहेका थिए ।

सडक कालोपत्रमा ढिलाइ गर्ने ठेकेदारलाई स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी Read Previous

सडक कालोपत्रमा ढिलाइ गर्ने ठेकेदारलाई स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी

सिद्धार्थ बैंक र बिन्ध्याबासिनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत Read Next

सिद्धार्थ बैंक र बिन्ध्याबासिनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत