सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । आइतबार छापावाल सुनको भाउ एकैदिन प्रतितोला २ हजार ९०० रुपैयाँ बढेर १ लाख १० हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड राखेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि दिनदिनै महँगिएको हो । विश्व अर्थतन्त्र छाइरहेको मन्दीका कारण विश्वभरका ठूला लगानीकर्ताले सुरक्षीत लगानीका रुपमा सुनमा लगानी गर्न थालेपछि भाउ आकाशिँदै गएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।

भारत विद्युत् निर्यातको मोडालिटी वैशाखभित्रै तय गरिने, विहारको ग्रिडमार्फत लैजाने Read Previous

भारत विद्युत् निर्यातको मोडालिटी वैशाखभित्रै तय गरिने, विहारको ग्रिडमार्फत लैजाने

बस व्यवस्थापनमा सकस : बसपार्कमा जाँदैनन्, सडक किनाराबाटै यात्रु टिप्दै Read Next

बस व्यवस्थापनमा सकस : बसपार्कमा जाँदैनन्, सडक किनाराबाटै यात्रु टिप्दै