काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने म्इाद थप भएको छ ।
कम्प्नीले फागुन २१ गतेदेखि आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीय बासिन्दाका लागि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने म्याद चैत २४ गतेसम्म थप भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ । जसमा आयोजना प्रभावित क्षेत्र ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा न २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआइ बैंकिङ लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।